हाँस्य कलाकार शम्भुराज थापाको निधन

काठमाडौं : कलाकार शम्भुराज थापाको कोरोना संक्रमणका कारण निधन भएको छ । उहाँ तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना हुनुभएका ५५ वर्षीय थापाको शनिबार बिहान निधन भएको हो ।

तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरेकागर्नु भएको थियो । उहाँले पछिल्लो समय मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाईलो लगायतका टेलिसिरियलमा अभियन गर्दै आउनु भएको थियो । उहाँ हल्का रमाइलो टेलिसिरियलमा ‘बखते’ नामबाट दर्शकमाझ चर्चित हुनहुन्थ्यो ।

थापाले थुप्रै टेलिसिरियल तथा केही चलचित्रमा अभिनय गर्नुभएको छ । थापाले राजेश हमाल, गौरी मल्ललगायतको अभिनय रहेको ‘आफ्नो बिरानो’ चलचित्र निर्माणसमेत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार