भ्वाइस अफ नेपालका उत्कृष्ट ४ प्रतिभा छानिए

काठमाडौं : गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन ३ का चार उत्कृष्ट प्रतिभाहरु छानिएका छन् । शुक्रबार भएको सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा छानिएका हुन ।

प्रमोदको टीमबाट किरण गजमेर फाइनलमा प्रवेश गरेका छन् । भने सिक्किमका रवि गहतराजको भ्वाइसको यात्रा भने टुंगिएको छ । ्त्यस्तै टीम दीपबाट दार्जलिङका आर्यन तामाङ फाइनल प्रवेश गरेका छन् ।

बुटबलका गोविन्द पुनको भ्वाइस यात्रा टप ८ सम्म पुगेर टुंगिएको छ । ्टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छिन् । काठमाडौका सोनाम शेर्पाको पनि द भ्वाइसको यात्रा टुंगिएको छ ।टीम तृष्णाबाट अफ्रिता खड्गी पनि द भ्वाइसको यात्रा टुंगिएको छ भने ज्वाला राई फाइनलमा प्रवेश गरेका छन् ।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । आगामी शनिबार हुने ग्राण्ड फिनालेमार्फत् यी चारजनामध्ये एक जनाले द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि प्राप्त गर्नेछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार