सभामुख सापकोटा र गृह मन्त्री खाणबीच छलफल

  नेपालन्यूजसाईट समाचारदाता

काठमान्डौ : सभामुख अग्निप्रसाद सापकोटा र गृह मन्त्री बालकृष्ण खाणबीच आज छलफल भएको छ । सिंहदरबास्थित सभामुखको कार्यकक्षमा उहाँहरुबीच संसदको चालु अधिवेशनमा विधेयकहरु अघि बढाउनेलगायतका विषयमा छलफल भएको हो ।

सभामुख सापकोटा र मन्त्री खाणबीच यसबर्ष बाढी पहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापका सन्र्दभमा सरकारी तयारीबारे पनि छलफल भएको छ । सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाणले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितहरुको पुनर्स्थापनाको कार्य अघि बढाउने जानकारी दिनु भयो ।

उहाँले सिन्धुपाल्चोकको जुरे पहिरो पीडितको नाममा सर्बसाधारणबाट संकलन भई राज्यकोषमा रहेको रकम निकासा गर्ने विषयमा जानकारी लिएर कार्य अघि बढाउने बताउनु भयो ।

यसबर्ष मनसुनको सुरुआतसँगै मनाङ् र सिन्धुपाल्चोकमा बाढी पहिरोबाटो ठूलो क्षति पुगेपछि सरकारले दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गतबर्ष पनि बाढी पहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएपछि सिन्धुपाल्चोक र बाग्लुङलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार