तत्काल सवारी भाडा नबढाउँन नेचासल्यानको आग्रह

सोलुखुम्बु : यातयात व्यवस्था बिभागले निर्धारण गरेको सवारी भाडादर तत्काल कार्यान्वयन नगर्न नेचासल्यान गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिका कार्यबाहक अध्यक्ष धर्मध्वज खत्रीले एक सूचना जारी गदै नेपाल सरकारले वृद्धि गरेको २८ प्रतिशत भाडादर तत्काल कार्यान्वयन नगर्न आग्रह गर्नुभएको हो ।

अवैज्ञानिक ढंगले भाडादर वृद्धि भएको गुनासो पालिकामा आएकाले साविककै भाडादर लागु गर्न उक्त सूचनामा उल्लेख गरिएको छ । पालिकाबाट सल्लेरी, ओखलढुङगा, बिराटनगर र काठमाडौ सञ्चालन हुने सवारी साधनले बढि भाडा लिएको गुनासो आएकाले यस अघि निर्धारण गरिएको भाडादर आपसी समझदारीमा निर्धारण गरिएकाले सोहि अनुसार सवारी सञ्चालन गर्न आग्रह गरिएको छ । बढि भाडा लिएको जानकारी आएमा नियमनुसार कारबार्ही गर्ने गाउँपालिकाले चेतावनी समेत दिएको छ ।

यस अघि नेचा–सल्लेरी ५ सय, ओखलढुंगा ७ सय र काठमान्डौ १ हजार ७ सय निर्धारण गरिएको थियो । यसमा २८ प्रतिशत बढी लिदा अवैज्ञानिक हुने गाउँपालिकाको निश्कर्ष रहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार