सोलुखुम्बुमा १५ कोरोना संक्रमित थपिए

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : जिल्लामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिभिन्न स्थानीय तहमा ३८ जनाको एण्टीजेन परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा नेचासल्यान गाउँपालिका ९ जना र सोलु दुधकुण्ड नगरपालिकाका ४ जना रहेका छन । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८२ पुगेको छ । जसमध्ये १ हजार ३ सय ७१ जना संक्रमण मुक्त बनेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार