प्रदेश एकको नाम चालु अधिवेशनबाटै राख्ने तयारी

  नेपालन्यूजसाईट समाचारदाता

विराटनगर : प्रदेश नं १ को नामाकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल थाल्नु भएको छ । प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा परामर्श थाल्नु भएको हो ।

चालू अधिवेशनबाटै प्रदेशको नाम राख्नका लागि मुख्यमन्त्री राईले पहलकदमी थाल्नु भएको हो । मुख्यमन्त्री राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमती गरेर अगाडि बढ्नु पर्ने भन्दै छलफललाई तिब्रता दिनु भएको छ ।\

प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलका नेताहरुसँग मुख्यमन्त्री राईले छलफल गर्नु भएको हो । छलफलका क्रममा दलका नेताहरुले आ–आफ्नो पार्टीभित्र समान धारणा बनाएर अगाडि बढाउने बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार