बाघको लागि जंगल आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित गराउन तर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । विश्व बाघ दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा यस्तो बताउनु भएको हो ।

प्रधानमन्त्री देउवाले बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउने तर्फ ध्यान दिनुपर्ने आवश्यकता बताउनु भयो । उहाँले बाघको वासस्थानको सुरक्षा गर्दै चोरी निकासी रोक्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले बाघ र मानिसका विचमा समस्या रहेको भन्दै ती समस्याहरुको समाधानका उपाय निकाल्नु आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार