असोजभित्र खोप लगाइसक्न अर्थमन्त्रीको स्वास्थ्य राज्यमन्त्रीलाई आग्रह

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको छ । बुधबार स्वास्थ्य राज्यन्त्री उमेश श्रेष्ठसँग अर्थ मन्त्रालयमा भएको छलफलमा उहाँले यस्तो आग्रह गर्नु भएको ।

मन्त्री शर्माले खोप खरिदमा बजेटको कमी हुन नदिने भन्दै जुन–जुन देशबाट खोप लिन सकिन्छ अहोरात्र वार्ता गरी खोप भित्र्याउन आग्रह गगर्नु भयो । यसअघि फागुनसम्म खोप आपूर्ति गर्ने तालिका थियो । यसलाई संशोधन गरेर तत्काल खोप खरिद गर्न आग्रह गर्नुभएको हो । असोजभित्र खोप दिन सकिएन भने मुलुकको अर्थतन्त्र समेत धरापमा पर्न सक्ने अर्थमन्त्री शर्माले बताउनु भयो ।

देशको अर्थतन्त्र जनताको प्राणसँग जोडिएकाले विकास निर्माणको लागि विनियोजन गरिएको बजेट समेत रकमान्तर गरेरै भए पनि खोप खरिदमा लगाइने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

छलफलमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप खरिदका लागि व्यवस्था मिलाइएको र आवश्यक परे आपूर्ति तालिका संशोधन गरेर तीव्रता दिइने बताउनु भयो । उहाँले सम्भव भएसम्म चाँडो खोप खरिद गर्ने काममा कुनै विलम्ब नहुने दाबी गर्नु भएको छ । प्राप्त भएका खोप लगाउनका लागि कार्ययोजना बनाइएको र अब योजनावद्ध रुपले खोप कार्यक्रमले गति लिने राज्यमन्त्री श्रेष्ठले विश्वास दिलाउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार