जथाभावि खनिएकाे सडकका कारण आठ घरपरिवार विस्थापित

  नेपालन्यूजसाईट समाचारदाता

ओखलढुंगा : जथाभावि खनिएकाे सडककाे कारण पहिराे जाँदा अेाखलढुङ्गमा आठ घरपरिवार विस्थापित भएका छन् । जिल्लाकाे लिखु गाउँपालिका–९ पोकलीका आठ घरपरिवार विस्थापित भएका हुन् ।

स्थानीय सरकारले विस्तार गरेको ग्रामीण सकडका कारण पहिरो जाँदा पोकलीका आठ घरपरिवार विस्थापित भएको वडा अध्यक्ष सुकबीर तामाङले बताउँनुभयो ।

गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि दुई टोलका आठ परिवार पूर्णरूपमा विस्थापित भएको अध्यक्ष तामाङको भनाई छ । उहाँकाअनुसार च्याम्पोला र काउलेगाउँका ती परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

वडा कार्यालय मार्फत खाद्यान्न र त्रिपाल सहयोग प्राप्त गरेको पोकलीका निर्मल तामाङले बताउँनुभयो । स्थानीय तहले अवैज्ञानिक तरिकाले सडक विस्तार गर्दा आफूहरु विस्थापित हुनुपरेको पीडित परिवारको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार