चीनमा भीषण वर्षा, १२ जनाको मृत्यु

एजेन्सी : मध्य चीनमा भीषण वर्षापछि आएको बाढीले कयौं मानिसहरु विस्थापित भएका छन् । प्रभावित क्षेत्रका सडक, स्टेसन र बस्तीहरु जलमग्न भएका छन् ।

अहिलेसम्मकै भारी वर्षा भएपछि चीनको हेनान प्रान्तका १० हजारभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीका कारण जिन्जाओ शहरमा १२ जनाको मृत्यु भएको छ । बाढी आउनमा धेरै कारणहरु रहे पनि जलवायु परिवर्तनका कारण बढेको तापक्रमले भीषण वर्षाको क्रम भने तीव्र बनाएको विज्ञले बताएका छन् ।

बाढीकै कारण एक दर्जनभन्दा बढी शहरहरु प्रभावित भएका छन् । प्रभावित क्षेत्रका मुख्य सडक र हवाई सेवा बन्द भएको छ । हेनान प्रान्तमा ९ करोड ४० लाख मानिस बसोबास गर्छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार