पन्ध्र वर्षदेखि फरार प्रतिवादी पक्राउ

  नेपालन्यूजसाईट समाचारदाता

उदययुर : जिल्ला प्रहरी कार्यालय उदयपुरले २ जना फरार प्रतिवादी प्रक्राउ गरेको छ । चोरी र जबरजस्ती मुद्दाका फरार प्रतिवादीलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको उदयपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चोरी मुद्धामा संलग्न रहेका बिजय चौधरी १५ वर्षदेखि फरार रहेका थिए भने जबरजस्ती करणी उद्योगमा संलग्न बिजय थुलुङ पाँच वर्षदेखि फरार थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेद प्रसाद गौतमले दिनुभएका जानकारी अनुसार जिल्लाको त्रियुगा नगरपालिका–८ का ३५ वर्षीय चौधरी लाई २०६३ साल कार्तिक १३ गते चोरी मुद्धामा संलग्न भएको ठहर गदै जिल्ला अदालत उदयपुरले ७५० जरीवाना गरेको थियो । उनलाई लुकीछिपि बसेको अवस्थामा मंगलबार प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै जबरजस्र्ती करणी उद्योगमा फरार रहेका चौदण्डीगढी नगरपालिका–८ का ४१ वर्षीय बिजय थुलुङलाई घरैमा लुकिछिपी बसेको अवस्थामा प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार