सोलु एफ.एम.लाई आर्थिक सहयोग हस्तान्तरण

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : सोलु एफ.एम.लाई थप रु.२ लाख ५० हजार नगद सहयोग प्राप्त भएको छ । आगलागिबाट ध्वस्त भएको एफ.एम. पुनः सञ्चालनका लागि सोलुखुम्बुको टाप्टिङ स्थायी घर भइ हाल गोर्खा रिसर्ब युनिट ब्रुनाईमा कार्यरत मेजर आङफुला शेर्पाले रु.२ लाख र सल्लेरीका व्यवसायी बाबुराम श्रेष्ठले रु.५० हजार नगद सहयोग गर्नुभएको हो ।

मंगलबार सोलु एफ.एफ.को स्थलगत अवलोकन संगै सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरिएको हो । मेजर आङफुला शेर्पाको तर्फबाट उहाँका दाई लामा पासाङ शेर्पाले थप सहयोग गर्ने प्रतिबद्धता सहित नगद हस्तान्तरण गर्नुभएको सहयोग संकलन समितिका संयोजक मनोज कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै सल्लेरीका व्यवसायी बाबुराम श्रेष्ठले सामुदायिक रेडियोको दिगोपनाका निम्ती सबैको जोड गर्नुपर्ने भन्दै रु. ५० हजार हस्तान्तरण गर्नुभएको छ । सहयोग रकम लिदै योङ स्टार क्लव तथा सोलु एफ.एम. सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले सहयोगीमन प्रशस्त पाएको भन्दै धन्यवाद दिनुभयो । सबैको सहयोगले एफ.एम. चाडै प्रशारणमा ल्याउन सफल भएको भन्दै अध्यक्ष श्रेष्ठले पुर्णरुपमा व्यवस्थीत ढंगबाट प्रशारण सेवा पारम्भ गर्ने गरि काम भईरहेको बताउँनुभयो ।

२०७७ साल फागुन १७ गते राती सोलुदुधकुण्ड–६ दोर्पुमा रहेको मुख्य स्टुडियोमा आगलागी हुँदा १ करोड १७ लाख बढीको क्षती भएको स्टेशन म्यानेजर भोजराज कार्कीले बताउँनुभयो । केहि दिन रिपिटर टावर पत्तालेबाट प्रशारणमा रहेको सोलु एफ.एम. अहिले दोर्पुमै रहेको अस्थायी स्टुडियोबाट प्रशारण रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार