आज विपी कोइरालाको ३९ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं : प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ३९औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।नेपाली कांग्रेसले संस्थापक नेता कोइरालाको स्वर्गारोहण भएको दिन साउन ६ गतेलाई विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै आएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका वीपीको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा वीपी पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी विसं २०१५ को आमनिर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

कांग्रेस अहिले पनि वीपीकै मार्गनिर्देश अनुसार अघि बढिरहेको कांग्रेस नेताहरू बताउँछन् । वीपीले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व गर्नुभएको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार