माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ ।सरकारमा जाने सदस्यहरूबारे निर्णय गर्न माओवादी केन्द्रले बैठक बोलाएको हो ।

बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिनुभयो । बैठकमा पार्टीको आन्तरिक जीवन र सरकारमा जाने सदस्यबारे छलफल हुने उहाँले बताउनुभयो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारका हाल माओवादी केन्द्रका दुई जना मात्र मन्त्री छन् । पम्फा भुसालले ऊर्जा र जनार्दन शर्माले अर्थमन्त्रालय सम्हाल्नुभएको छ । सरकारमा जाने अन्य नेताबारे भने माओवादी केन्द्रले निर्णय गरिसकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार