मुस्लिम समुदायले आज बकर इद मनाउँदै

काठमाडौं: मुस्लिम समुदायले आज बकर इद मनाउँदै छन् । यो पर्वलाई इद उल अज्हा अथवा इदुल जोहा पनि भनिन्छ ।बकर इद रमजान (इदुलफित्र) पछि मुस्लिम समुदायको दोस्रो ठूलो चाड हो ।

बकर इदको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बकर इदको अवसरमा शुभकामना सन्देश जारी गर्दै सामाजिक विविधताभित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्ने विश्वास गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले भौगोलिक, जातीय र सांस्कृतिक विविधता नेपाली समाजको मौलिक पहिचान भएको बताउनुभएको छ ।

विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमण अझै कायम रहेकाले यसबाट जोगिन जनस्वास्थ्यका मापदण्डका साथै निषेधाज्ञाका नियमको पालना गर्दै सावधानीका साथ चार्ड मनाउन राष्ट्रपति भण्डारीले आह्वान गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार