मायाको जस्तो सबैको मन भैदिए कयौँ छिरिङको उद्धार हुन्थ्यो

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : “सेवानै धर्म हो” सोलुदुधकुण्ड नगरपालिका–५ सोलुखुम्बुकी माया शेर्पाले सोही भनाईलाई आत्मासाथ गर्दै बेवारिसे युवकको उद्धार गर्नुभएको छ । जिल्लामा लामो समय सञ्चार क्षेत्रमा आवद्ध हुनकासाथै विभिन्न समाजिक संस्थाको नेतृत्व समेत गरिरहनुभएका शेर्पाले सोलुदुधकुण्ड –६ बाट एक युवकको उद्धार गर्नुभएको हो ।

कलाकारीताको क्षेत्रमा समेत नाम लेखाउन सफल शेर्पाले सोमबार सदरमुकाम क्षेत्रमै अलपत्र अवस्थामा रहेका २६ वर्षीय छिरिङ शेर्पाको उद्धार गर्नुभएको हो । उनलाई सुधार गर्नको लागि काठमान्डौ लगिएको छ । धन नभएपनि मन हुनुपर्छ भन्ने मान्यतालाई आत्मासाथ गर्ने शेर्पाले निजि लगानीमा छिरिङको उद्धार गर्नुभएको हो ।

केहि वर्ष देखि अलपत्र अवस्थामा रहेका सोलुदुधकुण्ड नगरपालिका –६ नयाँबजारका छिरिङलाई कसैलेपनि उद्धार नगरेपछि आफै सक्रिय भएको उहाँको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको समन्वय तथा स्टार युथ क्लवको सहयोगमा स्वार्णिम सारथी संस्थाकी अध्यक्ष शेर्पाले ती युवकको उद्धार गर्नुभएको हो । स्टार युथक्लवका अध्यक्ष नाम्गेल शेर्पा सहितको सहयोगमा छिरिङको उद्धार गरि सोमबार सोलुखुम्बुबाट गाडी मार्फत काठमान्डौ लगिएको बताइएको छ ।

उनलाई सोमबार नै टोखा स्थिति सुधार गृहमा पु¥याएको छ । छिरिङ विगत २ वर्ष देखि एक्लै हिँड्ने, सडकमै सुत्ने तथा लागु पदार्थ सेवन गर्ने गरेको पारिवारिक श्रोतले जनाएको छ । बजार क्षेत्रमा बेवारिसे अवस्थामा रहेका शेर्पाको अवस्था दयनिय बन्दै गएकाले उद्धार गरिएको शेर्पाको भनाई छ । छिरिङ साप्ताहिक हाट नयाँबजारको टहरामा सुत्ने गर्थे भने दिउँसो बजार क्षेत्रको फोहोर संकलन गर्ने लगायतको काम गर्थे ।

युवकको अवस्था र उद्धारका लागि लामो समय सम्म पनि कसैले चासो नदिनु दुखद भएको शेर्पाको भनाई । उद्धार गरिएका छिरिङलाइ ६ महिना सम्म सुधार गृहमा राखी असल नागरिक बनाउने उदेश्य रहेको भन्दै शेर्पाले उपचारमा लाग्ने खर्च सबै आफैले बेहोर्ने बताउँनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार