महाकुलुङको प्रशासनिक केन्द्र सर्सिला : स्थानीयवासीद्धारा विरोध, अध्यक्षकाे पुत्ला दहन

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका केन्द्र निर्धारण गर्ने निर्णयप्रति असहमति जनाउँदै दोस्रो दिन साेमबार पनि स्थानीयवासीले प्रदर्शन गरेका छन् । गाउँपालिकाको माग अनुसार विभिन्न स्थानमा उपलब्ध भएको जग्गामा सर्वसहमत नहुँदा मतदान मार्फत टुङ्ग्याएकाे निर्णय प्रति असहमति जनाउँदै स्थानीयवासी आन्दोलनमा उत्रेका हुन् ।

गाउँपालिकाले जारी गरेको सार्वजनिक सूचना अनुसार उपलब्ध भएको चारवटै स्थानमा सहमति नजुटेपछि शनिबार मतदान मार्फत सर्सिला छनौट गरिएको थियो । गाउँपालिकाको वडा नम्बर १ मा पर्ने उक्त स्थान अपायक पर्ने भएकाले गत्तेल या चौखिदो मा हुनुपर्ने माग सहित स्थानीयवासी आन्दोलित बनेका हुन् ।

जनप्रतिनिधिको निर्णय गलत भएको भन्दै स्थानीयवासीले आईतबार देखि गाउँपालिका केन्द्रमा नाराजुलुस जारी राखेका छन् । गाउँपालिका अध्यक्ष सागर किराँतीको पुत्लादहन गरेका स्थानीयवासीले निर्णय सच्याउनुपर्ने, स्थानीयवासीको माग अनुसार संबोधन हुनुपर्ने लगायतको माग राखेका छन् । गाउँपालिकाले माटो परीक्षण देखि भुगर्वविद् समेतलाई बुङमा ल्याएको भएपनि त्यसको रिपोर्ट गुपचुममा राखेको दुतिमान कुलुङले बताउँनुभयो ।

गाउँपालिकाको लाखौँ खर्चबाट प्राविधिक टोलि ल्याएको भएपनि त्यसको रिपोर्ट सार्वजनिक नहुँनु र सबैलाई सेन्टर हुने स्थान उपलब्ध हुँदाहुँदै छेउमा रहेको जग्गामा बढी मत आउनु सड्यन्त्रपुर्ण रहेको कुलुङको भनाई छ । स्थानीय बासी आन्दोलनमा उत्रिदा समेत गाउँपालिकाका जनप्रतिनधिले बेवास्ता गर्दा समस्या थपिदै जाने स्थानीय तथा काग्रेसका नेता सुवास कुलुङले बताउँनुभयो ।

जनप्रतिनिधि समेत किनबेचमा लाग्दा आम महाकुलुङबासीले दुःख पाउँने भन्दै आन्दोलका कार्यक्रमलाई निरन्तरता दिने उहाँको भनाई छ । यस विषयमा गाउँपालिका अध्यक्ष सागर किराँती संग कुरा गर्न खोज्दा फोन सम्पर्क हुन सकेन ।

यता वडा नम्बर ४ का वडा अध्यक्ष समेत रहनुभएका कार्यपालिका सदस्य जयकुबेर राईले भने भौगोलिक हिसाबसंगै भविष्यका लागि सर्सिला केन्द्र उपयुक्त हुने दावी गर्नुभयो । भूगोलका हिसाबले बलियो, सहज सञ्चारको पहुँच, खुल्ला स्थान र दुईगाउँपालिका मिलेर नगरपालिका निर्माणको अवस्था लगायतका कारण उक्त स्थान उपयुक्त हुने उहाँको भनाई छ ।

यता वडा नम्बर २ का वडा अध्यक्ष प्रदिप कुलुङले भने क्षेत्रगत हिसाबमा सर्सिला अपायक पर्ने बताउँनुभयो । साविक बुङ गाविसलाई समेत उक्त क्षेत्रमा सेवा लिन सहज नुहुने उहाँको तर्क छ ।

यहिले त्यस क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलि परिचालन गरिएको छ । स्थानीयवासीले गाउँपालिकामा तालाबन्दि गर्ने बताउँदै आएका छन् भने प्रहरी प्रशासनले शान्तिपुर्ण आन्दोलन भड्किन सक्ने अवस्थामा बल प्रयोग गर्न बाध्य हुने बताउँदै आएको छ ।

शसस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक दिनेश शर्माले आफुहरुको टोलि समेत त्यस क्षेत्रमा पुगेकाले भौतिक संरचनामा तोडफोड हुने अवस्थामा बल प्रयोगको शिद्धान्त लागु गर्नेे बताउँनुभयो ।

यता नेपाल प्रहरीका प्रहरी नायव उपरिक्षक कवित कटवालले शान्तिसुरक्षा मजबुत रहेको बताउँनुभयो । वार्ता र संवादको माध्यमबाट सहमती खोजिनुपर्ने भन्दै उहाँले तोडफोडजन्य कार्यमा नउत्रन आग्रह समेत गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार