गायीका रितुको ”हारे आमा”गीत बजारमा (भिडियोसहित)

काठमाडौं: गायिका तथा सञ्चारकर्मी रितु थापा मगरको ”हारे आमा” तीजको गीत बजारमा आएको छ । सो गीत उहाँको आफ्नै यूट्यूब च्यानलबाट बजारमा आएको हो । यस गीतमा स्वर, लय शब्द  रितु थापा मगर कै रहेको छ भने,गीतको भिडियोलाई बिनोद भण्डारी निर्देशन गर्नु भएको छ । ,

एरेन्ज– बिनोद बाजुराली, मिक्सिङ– खडक बाजुरालीको छ । भिडियोमा रितु आफै रमा थपलिया, दिपा थापा र मनोज भण्डारीको अभिनय देख्न सकिन्छ । पछिल्लो समयमा समाजमा बलत्कार,हत्या हिंसा भइरहेको छ । कोहि नारीहरुलाई आफ्नै मारेका छन् भने कसैलाई अपहरण गरेर हत्य गरिएको छ ।

यो गीत परिस्थिति अनुसारको समसामयिक बिषयलाई समेटेर तयार पारिएको छ । केही समय अगाडि घटेको सबिता भण्डारीको जीवन कहानीमा संग पनि यो गीत मिल्दो जुल्दो छ । यस अघि पनि गायीका रितु थापा मगरको धेरै गीत बजारमा आइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार