काग्रेसको महाधिवेशन भदौ १६ बाट

  नेपालन्यूजसाईट समाचारदाता

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव गरेको छ । सहमहामन्त्री प्रकाशशरण महतका अनुसार साउन ६ बाट वडा अधिवेशन सुरु गर्ने प्रस्ताव गरिएको छ ।

शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले जसरी भएपनि महाधिवेशन गर्ने बताउँनुभयो । तर पूर्वनिर्धारित मिति असार ७ बाट वडा तहको अधिवेशन सुरु गर्न सक्ने अवस्था नभएको भन्दै महामन्त्रीले कार्यतालिका संशोधन गर्न प्रस्ताव पेश गर्नुभएको छ ।

सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार क्रियाशील सदस्यता छानविनको म्याद असार २० गते सम्म थप गर्ने र जेठ २४ भित्र केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने र साउन ६ बाट वडा तहको अधिवेशन गर्ने प्रस्ताव गरिएको छ । यसअघि महाधिवेशनको मिति भदौ ७ देखि १० गतेसम्म तय भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार