गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

  नेपालन्यूजसाईट समाचारदाता

काठमान्डौ : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनुभएको छ । संविधानको धारा १६८ (५) अनुसार प्रदेश प्रमुख सीताकुमारी पौडेलले पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यका अनुसार मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्नुभएको थियो ।

नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गर्नुभएको थियो ।

गुरुङले जनता समाजवादी पार्टी (जसपा)को प्रदेश कमिटी र प्रदेशसभा सदस्यबाट पदमुक्त भइसकेका राष्ट्रिय जनेमार्चाका कृष्ण थापाको समर्थनमा दाबी पेश गरेपछि विपक्षी गठबन्धनका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए ।

तर प्रदेश प्रमुखको कार्यालयले भने पोखरेलको मात्र दाबी परेकाले मुख्यमन्त्री नियुक्त गरिएको उलेख गरेको छ । मुख्यमन्त्रीमा नियुक्त पोखरेलले अब ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार