सोलुखुम्बुमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० पुग्यो

खुम्बु : सोलुखुम्बुको खुम्बु क्षेत्रमा एक जना संक्रमितको ज्यान गएको छ । कोरोना संक्रमण भई होमआईसोलेसनमा बसेका खुम्बु पासाङ ल्हामु गाउँपालिका ३ मञ्जोकी ४६ बर्षीय कार्की थरकी महिलाको आज (शनिबार) बिहान ज्यान गएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका कोभिड फोकल पर्सन रामकुमार विश्वकर्माका अनुसार गत जेठ २४ गते संक्रमण पुष्टि भएका कार्की होम आईसोलेसनमा बसेका थिए । शुक्रबार साँझबाट स्वासप्रश्वासमा समस्या देखिएको कार्कीको बिहान ज्यान गएको गाउँपालिकाका स्वास्थ्य शाखा सम्योजक अर्थिमाया तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार शव व्यवस्थापन नेपाली सेनाको टोलिले गर्ने तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार