गण्डकी प्रदेश : मुख्यमन्त्रीका लागि आधार पेश गर्न आह्वान

काठमान्डौ : गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर आधार पेश गर्न आह्वान गर्नुभएको हो ।

संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको छ ।

विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् । बैशाख २९ गते संविधानको धारा १६८(३) बमोजिम प्रदेश सभाको सबभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले बिहीबार सदनमा विश्वासको मत मागेका थियो । ६० सदस्यीय प्रदेश सभामा जम्मा २७ मत पाउनुभएका उहाँ स्वत पदमुक्त हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार