सभामुख अग्नि प्रसाद सापकोटाको आव्हानमा सर्वदलिय बैठक बस्दै

काठमाडौं : सभामुख अग्नि प्रसाद सापकोटाले सर्वदलीय बैठक आव्हान गर्नुभएको छ । संसद विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति बारे छलफल गर्नका लागि आज दिउँसो २ बजे सर्वदलीय बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

सल्लाहकार न्यौपानेका अनुसार संसद भवन नयाँ बानेश्वरमा बस्ने सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीलाई बोलाइएको छ । यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तर उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । यता, एमालेका असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका माधवकुमार नेपाल भने बैठकमा सहभागी हुने श्रोतले बताएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार