सोलुखुम्बु : गोराखानी र खोरियाका साढे ४ सय घरका लागि खाद्यन्न र स्वास्थ्य सामग्री

सोलुखुम्बु : सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. ९ गोराखानी र वडा नं. ६ खोरियाका करिब साढे चार सय घरपरिवारलाई राहत तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ । नगर उपप्रमुख कल्पना राईको रोहबरमा हिमालयन चिल्ड्रेनस् अफ खोरिया फ्रान्सले गोराखानीका ३ सय ४३ र खोरियाका १०५ गरी ४ सय ४८ घरपरिवारलाई राहत वितरण गरिएको हो ।

संस्थाका नेपाल संयोजक गेलु शेर्पाका अनुसार प्रति घर परिवार ३० किलो चामल, एक लिटर सोयबिन तेल, एक किलो नुन र २० प्रति मास्क वितरण गरिएको छ । कोरोनाबाट प्रभावित बासिन्दालाई राहत होस् भनी खाद्यन्न वितरण गरिएको संस्थाका नेपाल संयोजक शेर्पाले बताउनुभयो । संस्थाले विगत १५ बर्षदेखि सोलुखुम्बुको विभिन्न ठाउँमा स्वास्थ्य र शिक्षाको क्षेत्रमा लगानी गर्दै आएको छ ।

स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री

हिमालयन चिल्ड्रेनस् अफ खोरिया फ्रान्सले गोराखानी, टाप्टिङ र खोरियाका स्वास्थ्य चौकी तथा धुलिखेल स्वास्थ्य केन्द्रलाई भने स्वास्थ्य सामग्री वितरण गरेको छ । जनप्रतिनिधिको रोहबरमा अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामग्री वितरण गरिएको संयोजक शेर्पाले जानकारी दिनुभयो । यस्तै जिल्ला प्रशासन कार्याृलय र जिल्ला प्रहरी कार्यालयका लागि भने मास्क वितरण गरिएको छ ।
कहाँ कति सामग्री ?
गोराखानी स्वास्थ्य चौकीका लागि
अक्सिजन सिलिण्डर ३
अक्सिजन रेगुलेटर ३
अक्सिजन मास्क ८ (६ वयस्क र २ बच्चालाई लागि)
नेबुलाईजर १ सेट
पिपिई ५ सेट
स्यानिटाइजर ५ लिटर
स्यानिटाइजर जार १
इन्जेक्सन अस्थालिन ४०
इन्जेक्सन इम्प्राभेन्ट ४०
भिटामिन सि १ बक्स
मास्क १ हजार थान

टाप्टिङ स्वास्थ्य चौकीका लागि वितरित सामग्री

अक्सिजन सिलिण्डर ३
अक्सिजन रेगुलेटर ३
अक्सिजन मास्क १० (८ वयस्क र २ बच्चालाई लागि)
नेबुलाईजर २ सेट
पिपिई ५ सेट
स्यानिटाइजर ५ लिटर
स्यानिटाइजर जार १
इन्जेक्सन अस्थालिन ८०
इन्जेक्सन इम्प्राभेन्ट ८०
भिटामिन सि २ बक्स
मास्क १ हजार थान

खोरिया स्वास्थ्य चौकीका लागि वितरित स्वास्थ्य सामग्री

अक्सिजन सिलिण्डर २
अक्सिजन रेगुलेटर २
अक्सिजन मास्क ४ (२ वयस्क र २ बच्चालाई लागि)
नेबुलाईजर १ सेट
पिपिई ५ सेट
स्यानिटाइजर ५ लिटर
स्यानिटाइजर जार १
इन्जेक्सन अस्थालिन ४०
इन्जेक्सन इम्प्राभेन्ट ४०
भिटामिन सि १ बक्स
मास्क १ हजार थान
धुलिखेल स्वास्थ्य चौकी दोर्पू
अक्सिजन सिलिण्डर २
अक्सिजन रेगुलेटर २
अक्सिजन मास्क २
पिपिई ५ सेट
स्यानिटाइजर ५ लिटर
स्यानिटाइजर जार १
मास्क १ हजार थान
जिल्ला प्रशासन कार्यालय १००० थान
जिल्ला प्रहरी कार्यालय १००० थान
वितरित सम्पूर्ण सामग्रीका लागि करिब १९ लाख रुपैयाँ खर्च भएको संस्थाका नेपाल संयोजक गेलु शेर्पाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार