सोलुखुम्बु : नेपाल तरुणदलद्धारा स्वास्थ्य सामाग्री सहयोग

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : नेपाल तरुणदल  सोलुखुम्बुले स्वास्थ्य सुरक्षाका लागि आवश्यक सामाग्री सहयोग गरेको छ । जिल्ला स्थीत सुरक्षा निकाय र क्रियाशिल पत्रकारलाई  मास्क लगायतका स्वास्थ्य सामाग्री बितरण गरेको तरुणदल सोलुखुम्बुका अध्यक्ष अशोक झाले बताउँनुभयो ।

नेपाली काग्रेसको भातृ संङगठन दलले  नेपाल पत्रकार महासंघ,  नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र स्वास्थ्य कार्यालय सोलुखुम्बुलाई मास्क, फेसशिल्ड र पीपीई बितरण गरेको नेपाल तरुण दल सोलु दुुधकुण्ड नगरपालिकाका अध्यक्ष क्षितिज तामाङले जानकारी दिनुभयो ।

आज एक कार्यक्रमका बीच  नेपाल पत्रकार महासंघ सोलुखुम्बुलाई ५ सय थान मास्क,  १२ थान फेसशिल्ड, नेपाल प्रहरीलाई १५ सय थान मास्क,  ३० थान फेसशिल्ड,  ४ थान पीपीई सेट, सशस्त्र प्रहरीलाई ७ सय थान  मास्क, २० थान फेसशिल्ड प्रदान गरेको बताइएको छ ।

यस्तै स्वास्थ्य कार्यालय सोलुखुम्बुलाई  २ हजार थान मास्क, ट्राफिक प्रहरीलाई ३ सय थान मास्क, ५ थान फेसशिल्ड, ४ थान पीपीई सेट र महिला संघलाई  २ सय थान मास्क बितरण गरिएको तरुण दलले जनाएको छ ।

नेपाली काग्रेसका नेता तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको सहयोगमा उक्त सामाग्री प्राप्त गरि वितरण गरेको बताइएको छ । यस्तै थुलुङ दुधकोशी गाउँपालिकाको वडा नम्बर ४ लाई १५ सय मास्क   बितरण गरिएको  तरुणदलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार