सोलुखुम्बु : ईको हिमाल र किरण एसजेवीले गरे थुलुङ दुधकोशीलाई स्वास्थ्य सामाग्री सहयोग

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : सोलुखुम्बु स् थुलुङ दुधकोशी गाउँपालिकालाई रु.१० लाख बराबरको स्वास्थ्य सामाग्री प्राप्त भएको छ । कोभिड १९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै ईको हिमाल नेपालले उक्त सामाग्री उपलब्ध गराएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार संस्थाले ५ हजार पिस (३ प्लाई) मास्क, १ सय पिस एन ९५ मास्क, ५० पिस स्यानिटाइजर, ५० पिस इकजामिनेसन ग्लोभ, २ पिस अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो ।

यस्तै, पल्स अक्सिमिटर ५० पिस, सर्जिकल ग्लोभ ५ सय पिस, डिजिटल थर्मोमिटर ५० ओटा, पिपिई ५० सेट, ईन्फारेट थर्मगन २० ओटा, फेस शिल्ड ५ सय पिस, भाइटल साइन मोनिटर २ सेट, २ सय पिस एन्टिजेन किट प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

यस्तै पालिका अध्यक्ष असिम राईको अनुरोध तथा उद्योगपती किरण एसजेवी रानाको समन्वयमा २ लाख ५० हजार बराबरको कन्सन्ट्रेटर सहितका स्वास्थ्य सामाग्री प्राप्त भएको छ ।

मुक्लीमा १० बेडको कोभिड अस्पताल संचालनमा ल्याईसकेको छ । अहिले त्यस अस्तालमा संक्रमितको उपचार पनि भइरहेको छ । गाउँमै कोभिडको अस्पताल सञ्चालन भएपछि स्थानीयवासी खुसी भएका छन् । महामारी संग जुध्न सबैसंघ संस्थालाई सहयोगको लागि गाउँपालिकाले अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार