ओली र नेपालबीचको वार्ता सकियो, १० सदस्यीय कार्यदल गठन

काठमाडौं:  नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ । पार्टी अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले आन्तरिक विवाद समाधानका लागि कार्यदल गठन गर्नुभएको हो ।

यसअघि गत बैशाख ३० गते दुई नेताबीच भएको बैठकमा समस्या समाधानका लागि कार्यदल गठन गर्ने निर्णय भएको थियो । आईतबार सिंहदरबारमा अध्यक्ष ओली संग भेट गरेर बाहिरीने क्रममा नेता नेपालले दुवै पक्षका ५ ५ जना सदस्य रहेको १० सदस्यीय कार्यदल गठन भएको जानकारी दिनुभएको हो ।

उहाँले आफुले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई पठाएको ६ बुँदा र २०७५ जेठ २ गते भन्दा पहिलेको अवस्थामा पार्टीलाई फर्काउने गरी अरु बाँकी सबै कुराहरु टुंगो लगाउनका लागि कार्यदल गठन भएको जानकारी दिनुभयो ।

कार्यदलमा नेता नेपाल पक्षबाट नेता भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघु पन्त तथा अध्यक्ष एवंम् प्रधानमन्त्री ओलीको पक्षबाट नेता सुवास नेम्वाङ्गको नेतृत्वमा, विष्णु पौडेल, प्रदीप ज्ञवाली ,शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ । कार्यदललाई ३ दिनको समय दिईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार