आर्थिक वर्ष सकिन लाग्दा पनि आधा जति पनि पुँजीगत खर्च हुन सकेन

कोरोना भाइरसको दोस्रो लहर चल्दै गर्दा चालू आर्थिक वर्ष २०७७÷७८ को पहिलो १० महिनामा आधा जति पनि पुँजीगत खर्च नभएको पाइएको छ । नेपाल सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो ।

तर, आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा १ खर्ब ७५ अर्ब ७७ करोड ७ लाख रुपैयाँमात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।कार्यालयका अनुसार १० महिनामा जम्मा ३५.६४ प्रतिशतमात्र खर्च भएको छ ।

जसमा वैशाख महिनामा मात्र लक्ष्यको ५.६८ प्रतिशत पुँजीगत रकम खर्च भएको छ।नेपालमा असारे विकासको रुपमा बजेट खर्च हुने गरेता पनि गत वर्ष पनि आर्थिक वर्षको अन्त्य हुने समयमा लकडाउन हुँदा सरकारले बजेट खर्च गर्न नसकेको हो ।

लक्ष्यअनुसार पुँजीगत खर्च गर्न नसक्दा संरचनात्मक हिसाबले समस्या बल्झिँदै गएको अर्थशास्त्री डा. डिल्लीराज खनालले बताउँनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार