निर्देशक तथा लेखक चेतन कार्कीको निधन

काठमाडौं : वरिष्ठ चलचित्र निर्देशक तथा लेखक चेतन कार्कीको निधन भएको छ । ८४ वर्षको उमेरमा कार्कीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

कार्कीले नेपाली चलचित्र निर्देशन, लेखन तथा गित लेखनमा उल्लेखनीय योगदान पु¥याउनुभएको छ । उहाँले कालजयी लोकप्रिय गीतहरु रचना गर्नुभएको छ ।

कार्कीले पहिलो प्रेम, भुमरी, विश्वासलगायतका चलचित्र निर्देशन गर्नुभएको छ । कार्की हिन्दी, अंग्रेजी, उर्दुलगायतका भाषाका ज्ञातासमेत हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार