कोरोनाका कारण एमाले नेताको मृत्यु

काठमाडौं : नेकपा एमालेका नेता नवराज शङ्करको कोरोना भाइरसका कारण मृत्यु भएको छ । उहाँको मोरङस्थित विराट शिक्षण अस्पतालमा शनिबार राति उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उहाँलाई एक साताअघि संक्रमण पुष्टि भएको थियो । पहिले सामान्य लक्षण मात्र देखेपछि उहाँ होम आईसोलेसनमा बस्नु भएको थियो । पछि स्वास्थ्यमा समस्या आएसँगै नवराज अस्पताल भर्ना हुनु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार