खोटाङ : वन्यजन्तुको अंग र भरुवा बन्दुक सहित ४ जना पक्राउ

खोटाङको राजापानीबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामाग्री सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीका ४२ वर्षीय डम्बर बहादुर कार्की, ३५ वर्षीय द्रोण कार्की, २६ वर्षीय रवीन्द्र कार्की र ७४ वर्षीय कृष्ण विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

शनिवार राती १० बजे विशेष सूचनाको आधारमा जिल्लाबाट खटिएको प्रहरी निरीक्षक सहितको टोलीले डम्बर, द्रोण र रबिन्द्रलाई भरुवा बन्दुक ३ थान, मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रा लगायतका पदार्थहरू सहित नियन्त्रणमा लिएको छ।

यस्तै, विश्वकर्मालाई भने भरुवा बन्दुकको ५ थान नाल, भरुवा बन्दुकको १ थान बट लगायतका बन्दुक बनाउन प्रयोग हुने औजार सहित नियन्त्रणमा लिएको प्रहरी निरिक्षक अम्मरप्रसाद गजमेरले जानकारी दिनुभयो ।

पक्राउ परेका चारै जना बिरुद्ध हातहतियार तथा खरखजना सम्वन्धी कसुरको मुद्धा दर्ता गरेर म्याद  थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार