जुबु स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर–४ जुबुमा रहेको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्राप्त भएको छ । वडा अध्यक्ष नातिकाजी गुरुङको पहलमा उक्त सामाग्री प्राप्त भएको जुबु स्वास्थ्य चौकीबाट अनमी यसोदा बस्नेतले जानकारी दिनुभयो ।

वडा अध्यक्ष गुरुङको पहलमा कृष्ण राज गुरुङले मास्क, स्यानीटाईजर लगायतको सामाग्री सहयोग गर्नुभएको छ । जोखिम मोलेर फ्रण्टलाईनमा खटेका स्वास्थ्यकर्मीको जीवन रक्षा महत्वपुर्ण रहेकाले सामाग्री सहयोग गरेको गुरुङको भनाई छ ।

अति जोखिमपुर्ण अवस्थामा प्राप्त सहयोगले आफुहरुको मनोवल उच्च हुने कार्यरत स्वास्थ्य कर्मीले बताएका छन् । यस परिस्थितिमा स्वास्थ्यकर्मीलाई समाजले हेर्ने दृष्टिकोण समेत फरक पाईएको बेला सहयोग प्राप्त गर्नु सुखद् भएको उनीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार