थुलुङ दुधकोशी-१ का वडा सदस्य शेर्पाको निधन, गाउँपालिका द्वारा दुख व्यक्त

  नेपालन्युजसाइट

सोलुखुम्बु : थुलुङ दुधकोशी गाउपालिका वडा नम्बर-१ का वडा सदस्यको निधन भएको छ । वडा सदस्य कर्मा शेर्पाको आज ५६ बर्षको उमेरमा निधन भएको वडा अध्यक्ष घनराज सुनुवारले जानकारी दिनुभयो । पेटको क्यान्सरबाट पीडित शेर्पाको उपचारका क्रममा निधन भएको बताइएको छ।                                                वडा सदस्यको निधन प्रति थुलुङ दुधकोशी गाउँपालिकाले दुःख व्यक्त गरेको छ । गाउँपालिकाले एक शोक वक्तव्य निकालेर दुःख व्यक्त गरेको हो।
स्वर्गीय शेर्पाको निधन प्रति थुलुङ दुधकोशी गाउँपालिका परिवार गहिरो दुःख व्यक्त गर्दै उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ, गाउँपालिका अध्यक्ष असिम राईद्धारा हस्ताक्षरित वक्तव्यमा उल्लेख छ ।
यस्तै, स्थापना काल देखि नै गाउँपालिकाको उत्थान र विकाशका लागि मृतक शेर्पाको सकारात्मक भूमिका रहेकाले उहाँले पु¥याउँनु भएको योगदानको सधैँ उच्च मुल्याङ्कन रहने समेत जनाइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार