सोलुखुम्बुमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : सदरमुकाम सल्लेरीमा व्यवसाय गरि बस्ने एक युवकको कोरोनाका कारण मृत्यु भएको छ । पाँचथर घर भई सोलुखुम्बुमा तरकारी र ग्यारेज सञ्चालन गरि बसेका ३८ वर्षीय राईथरका संक्रमितको बिहिबार बिहान मृत्यु भएको जिल्ला अस्पताल फाप्लुले पुष्टि गरेको छ ।

अक्सिजनको मात्रा कमि भएपछि उनलाई भेण्टिलेर सहितको उपचार आवश्यक परेकाले रिफर गरिएको जिल्ला अस्पताल फाप्लुकी निमित्त प्रमुख शानी शेर्पाले जानकारी दिनुभयो । बुधबार रिफर गरिएका राईलाई थप उपचारको लागि झापा लैजादैगर्दा बाटैमा मृत्यु भएको शेर्पाले बताउँनुभयो ।

जिल्ला अस्पताल फाप्लुमा उपचारका लागि गएका राई ६ दिन घरैमा औषधी सेवन गरेर बसेको बुझिएको छ । उनको शबलाई अहिले सल्लेरी तर्फ ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवलाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार