सोलुखुम्बु – निषेधाज्ञाको पहिलो दिन साढे तीन सय कार्वाहीमा

  सोनाम याङ्जी शेर्पा

सल्लेरी : निषेधाज्ञाको पहिलो दिन सोमबार सदरमुकाम सल्लेरी सुनसान देखिएको छ । जिल्लामा आईतबार राति १२ बजे देखि निषेधाज्ञा लगाइपछि बजार क्षेत्रमा आवतजावत गर्नेहरुको संख्या न्यून भएको हो भने सवारी साधन समेत ठप्प बनेको छ ।

तर पनि बिना अनुमति हिड्डुल गर्ने ३५१ जनालाई प्रहरीले कार्वाही गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ऋरिराज ढकालका अनुसार उनीहरुलाई ३५ स्थानमा निर्माण गरिएको होल्डिङ सेन्टरमा राखेर छाडिएको छ ।
यस्तै विना अनुमति सञ्चालन भएका २७ वटा सवारी साधानलाई पनि प्रहरीले कार्वाही गरेको जनाएको छ । ती मध्ये ९ वटा सदरमुकाम क्षेत्रबाट नियन्त्रमा लिएको प्रहरीले जनाएको छ ।

कोरोनाको संक्रमण जोखिम बढेको भन्दै जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकको निर्णय अनुसार १५ दिन जिल्लालाई पुर्णरुपमा निषेधाज्ञा लगाईएको प्रमुख जिल्ला अधिकारी गाणेश बिक्रम शाहीले जानकारी दिए । निषेधाज्ञाको उल्लङ्घन गर्ने जोकोहीलाई कडा भन्दा कडा कार्वाही गर्ने प्रमुख जिल्ला अधिकारीको भनाई छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरि निषेधाज्ञालाई थप कडाई गरिएको बताए । उनले विना काम घरबाहिर ननिस्कन अनुरोध गरे । सरकारले जारी गरेको सूचना तथा निर्देशन नागरिकको शुरक्षाकै लागि भएकाले पुर्णरुपमा पालना गर्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार