‘रुपान्तरणका लागी रुपान्तरित नेतृत्व’ नगरस्तरीय तालिम सुरु

सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकामा ‘रुपान्तरणका लागी रुपान्तरित नेतृत्व’ विषयक नगरस्तरीय नेतृत्व विकास तालिम सुरु भएको छ । महिलाहरुको नेतृत्व विकास गराउँने उदेश्यले आईतबारबाट तीन दिने तालिम सुरु भएको उपमेयर कल्पना राईले जानकारी दिनुभयो।  सल्लेरीको समिक्षालय हलमा सुरु भएको तालिममा महिला संघ संस्था, सहकारी, अधिकारकर्मी, जनप्रतिनिधी गरी १ सय १५ जना महिलाहरुको सहभागीता रहेको नगरपालिकाले जनाएको छ ।तालिमको सहजिकरण महिला मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जालका अध्यक्ष एवम् महिला अधिकारकर्मी डा. रेणुका अधिकारी र तरङ्गीणी फाउण्डेशनका केन्द्रिय अध्यक्ष  एवं महिला अधिकारकर्मी पार्वती थापाले गरिरहनु भएको छ ।   तालिम आगामी मंगलबार सकिने आयोजकले जनाएको छ ।तालिम सञ्चालनका लागि चालु आर्थिक बर्षमा नगरपालिकाले तीन  लाख रुपैँया बजेट विनियोजन गरेको थियो । SOlU FM

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार