ट्रेकिङ गाइड र पोटरलाई आर्थिक सहयोग वितरण

सोनाम याङ्जी शेर्पा

काठमाडौं, Covid-19 ले बेरोजगार बनेका ३० जना पर्यटन मजदुरहरूलाई आर्थिक सहयोग गरिएको छ । E.B.C. Treks & Expedition प्रा. लि. ले उक्त रकम राजधानीको कपनमा एक कार्यक्रम आयोजना गरि हस्तान्तरण गरिएको हो । आफ्नो कम्पनीमा कार्यरत र अन्य समस्यामा रहेका गरि ३० जनालाई रकम हस्तान्तरण गरिएको हो । कोभिडका कारण समस्यमा रहेका मजदुरहरूलाई E.B.C. Treks & Expedition का प्रबन्ध निर्देशक तथा ट्रेकिङ व्यावसायि ठिले लामा शेर्पा को पहलमा Johathan Keiper & family (USA), Zdenek Cernosek & friends (Czech Republic) र Robert Ohnemus (Germany) को सहयोगमा ३० जनालाई ६ लाख रूपैयाँ सहयोग गरिएको हो । राहत रकम हस्तान्तरण गर्दै विदेशीहरूले कोभिड-१९ का कारण नेपालीको पर्यटन क्षेत्र ठप्प रहेको र पर्यटन मजदुरहरू लामो समय देखि बेरोजगार वस्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै सहयोग गरेको E.B.C. का प्रबन्ध निर्देशक ठिले लामा शेर्पाले बताउनु भयो ।
नेपाल सरकारले पर्यटन क्षेत्रमा आबद्ध मजदुरहरूको हितमा केही राहत ल्याउन नसकेको समयमा यो राहतले केही हदसम्म सहयोग पुग्ने आशा राख्दै सहयोग गर्न पाएकोमा आफूलाई खुसी लागेको ठिले शेर्पाले बताउनभयो । राहत सोलुखुम्बु, अोखलढुङ्गा, खोटाङ, म्याग्दी र काभ्रेपलान्चोक लगायतका गाइड पोटर र फिमेल ट्रेकिङ गाइड गरि ३० जनालाई २० हजारको दरले सहयोग गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार