विवेकशील नेपाली दल र साझा पार्टीबीचको फेरि एकीकरण हुँदै

काठमाडौं: विवेकशील नेपाली दल र साझा पार्टीबीच बुधबार दोस्रो पटक एकीकरण हुँदैछ । वैकल्पिक राजनीतिक शक्ति बन्ने दाबीसहित विवेकशील नेपाली दल र साझा पार्टीले आज पुनः एकीकरण गर्ने भएका छन् ।

यसअघि एकीकरण गरेको १७ महिनामा दुवै दल विभाजित भएका थिए । नयाँ पार्टीमा महाधिवेशन नहुन्जेल मूल नेतृत्वमा एक अध्यक्ष र एक संयोजक रहनेछन् । साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई अध्यक्ष र विवेकशीलका अध्यक्ष मिलन पाण्डे संयोजक रहने सहमति भएको छ । कार्यकारी अधिकार दुवैलाई हुनेछ ।

वरीयतामा भने मिश्र पहिलो र पाण्डे दोस्रो हुने प्रस्ताव गरिएको छ । एकीकरणपछि दुवै पार्टीका ६५–६५ जना रहने गरी १ सय ३० सदस्यीय केन्द्रीय समिति गठन हुनेछ । केन्द्रीय सचिवालयमा दुवै पार्टीबाट १३–१३ जना रहने प्रस्ताव छ । चुनाव चिह्न र झन्डा तराजु हुने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार