काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको सर्वदलीय बैठक सकिएको छ । करिब ३ घण्टासम्म बसेर बैठक केहीबेर अघि सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक बसेको हो ।
बैठकको शुरूमै सहभागीहरूलाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले छलफल आयोजना गर्नुपर्ने उद्देश्यको बारेमा जानकारी गराउनुभएको थियो । ओलीले कोभिड–१९ को नियन्त्रण, प्राप्त उपलब्धिहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन सबैमा आग्रह गर्नुभएको थियो ।
विशेष गरि बैठकमा अहिले देशका विभिन्न ठाउँमा राजतन्त्रको बारेमा चर्किएको प्रदर्शनका बारेमा छलफल भएको थियो । सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको आजको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता थियो