नेपालमा चालक श्रीमानको मृत्यु भएपछि विदेशमा श्रीमातीले गरिन् आत्महत्या

काठमाडौँ : नेपालमा सवारी चालक रहेका आफ्ना श्रीमानको मृत्यु भएको खबरपछि विदेशमा रहेकी श्रीमातीले आत्महत्या गरेकी छन् । दोलखाको गौरीशंकर गाउँपालिका–८, खरेका चालक सुबिन तामाङको गत आइतबार बोलेरो दुर्घटनामा परी मृत्यु भएको थियो

। सोही रात युरोपियन मुलुक साइप्रसमा घरेलु कामदार रहेकी उनकी श्रीमाती २३ वर्षीया शुक्री तामाङले आत्महत्या गरेकी हुन् । त्यहाँको प्रहरीको भनाइ उधृत गर्दै गैरआवासीय नेपाली संघ साइप्रसले जनाए अनुसार शुक्रीले टिकटक भिडियोमा आफ्ना आमाबुबा, सासूससुरासँग माफी माग्दै आफू पनि आफ्नो ‘मुटुसँगै जान लागेको उल्लेख गरेकी छन् ।

उनले टिकटकमा मृतक श्रीमानको दुर्घटनाग्रस्त तस्बिर राख्दै भनेकी छन्, ‘मिस यु मुटुु म आउँदै छु । हामी भेट हुनुपर्छ है।’ आफन्तका अनुसार शुक्री र सुबिनको विवाह भएको एक वर्ष पनि पुगेको थिएन । विवाहलगत्तै शुक्री २०१९ अक्टोबरमा साइप्रसको लार्नाका सहरमा घरेलु कामदार बनेर गएकी थिइन् । परिवारको आग्रहअनुसार उनको शव नेपाल ल्याइने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार