काठमान्डौं, नेपाल सरकारले काठमान्डौं उपत्यकाको कलंकी देखि चाबहिल सम्मको सडक विस्तार गर्ने नाममा विश्व सम्पदा सूचीमा सूचीकृत भएको स्वयम्भू क्षेत्र भित्र स्थापित हजार बुद्ध मूर्ति सहितको स्तूप र केही महत्वपूर्ण मूर्तिहरु लगायतका धार्मिक संरचनाहरु भत्काउन लागेको समाचार प्रति युनाइटेड शेर्पा एसोसिएशन ९शेर्पा किदुग अमेरिका० को गम्भीर ध्यान आकर्षण भएको जनाएको छ । संघले सोमबार एक विज्ञाप्ति जारी गर्दै आपात्ति जनाएको हो । भगवान बुद्धको पवित्र जन्म भूमि नेपालमा बौद्ध सम्पदाहरुको उचित संरक्षण र प्रवर्द्धन गरिनु पर्नेमा उल्टै बिनास तर्फ उन्मुख भएको प्रति दुख व्यक्त गरेका छन् । नेपाल सरकारको यो गैर जिम्मेवारीपूर्ण निर्णयले विश्व शान्तिका अग्रनायक भगवान बुद्धका समस्त अनुयायीहरुको आस्था र विश्वाश माथि आघात पुग्न गएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रेस् विज्ञप्ति
नेपाल सरकारले काठमान्डौं उपत्यकाको कलंकी देखि चाबहिल सम्मको सडक विस्तार गर्ने नाममा विश्व सम्पदा सूचीमा सूचीकृत भएको स्वयम्भू क्षेत्र भित्र स्थापित हजार बुद्ध मूर्ति सहितको स्तूप र केही महत्वपूर्ण मूर्तिहरु लगायतका धार्मिक संरचनाहरु भत्काउन लागेको समाचार प्रति युनाइटेड शेर्पा एसोसिएशन ९शेर्पा किदुग अमेरिका० को गम्भीर ध्यान आकर्षण भएको छ । भगवान बुद्धको पवित्र जन्म भूमि नेपालमा बौद्ध सम्पदाहरुको उचित संरक्षण र प्रवर्द्धन गरिनु पर्नेमा उल्टै बिनास तर्फ उन्मुख हुनु ज्यादै दुःखदायी कुरा हो । नेपाल सरकारको यो गैर जिम्मेवारीपूर्ण निर्णयले विश्व शान्तिका अग्रनायक भगवान बुद्धका समस्त अनुयायीहरुको आस्था र विश्वाश माथि आघात पुग्न गएको छ । यस असंवेदनशील निर्णयको कारण विश्व समुदायको सामु नेपालको छबिमा कालो धब्बा लाग्ने देखिन्छ ।
बौद्ध मान्यता अनुसार कुनै पनि स्थान बिशेषमा भुमि पूजन गरी स्थापना गरिएको मूर्ति, स्तूप या मन्त्रहरु कुँदिएका हातले घुमाउने मणिचक्र जे भए पनि एक पटक प्राण प्रतिस्ठा सम्पन्न गरी सके पछि कदापि हटाउन मिल्दैन । एक ठाउँबाट अर्को ठाउँमा सार्नु पनि मिल्दैन । त्यस्ता धार्मिक आस्थाका प्रतीकहरु भत्काउने कुराको कल्पना मात्रै पनि गर्न सकिंदैन । कुनै पनि धार्मिक समुदाय बिशेषको भावनामा ठेस् पुर्याउन सक्ने सबै खाले अवांछित् कार्यहरुमा हाम्रो सदैव असहमति रहनेछ । बिकास निर्माणको नाममा वर्तमान सरकारले गर्न लागेको यस निन्दनिय कार्यको युनाइटेड शेर्पा एसोसिएशन घोर भत्र्सना गर्दछ ।
बिकास निर्माणका अन्य थुप्रै उपाय हुन सक्छन् । अन्य कैयौं विकल्पहरु रोज्न सकिन्छन । सडक विस्तारका लागि कुनै समुदायको आस्था माथि नै प्रहार गर्नु पर्छ भन्ने छैन । कसैको धार्मिक आस्थाका संरचनाहरु तोड्नु भनेको उनीहरुको मुटुमा प्रहार गर्नु हो ।
विगतमा बुद्ध जन्मेको देशबाट बौद्ध भिक्षुहरुलाई देश निकाला गरेको कालो ईतिहास मेटेर मेटिंदैन । बौद्ध धर्मावलम्बीहरुले हरेक शुभकार्यमा प्रयोग गरिने खताग माला प्रतिवन्धित गर्नु पर्छ भन्ने वर्तमान प्रधानमन्त्री ज्युको खेदपूर्ण अभिब्यक्ति पनि बिर्सन सक्दैनौँ। काक्रे विहार घटनाको चोट आलै छ । धर्मिक आस्था माथिको निरन्तर प्रहार असहनिय बन्दै गईरहेको छ । प्रज्ञा र करुणाको अभ्यास गर्ने बौद्ध धर्मावलम्बीहरु सहनशील हुन्छन् । क्षमाशील पनि हुन्छन् । त्यसो भन्दैमा बारम्बार अन्याय गरी रहँदा अकल्पनिय परिणाम निस्कन सक्छ । अति भए पछि बिस्फोट हुन सक्छ ।
तसर्थ बिकास र सडक विस्तारको नाममा हुन लागेको यो विध्वंशकारी कार्य रोक्न नेपाल सरकारले आफ्नो निर्णय अविलम्व सच्याई परिस्थितिलाई थप जटिल बन्न नदिन युनाइटेड शेर्पा एसोसिएशन नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । नेपाल सरकारबाट हाम्रो बिनम्र आग्रह प्रति तत्काल संबोधन नभएको खण्डमा धार्मिक सम्पदा संरक्षणको अभियानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा तीब्र बनाउँदै संयुक्त राष्ट्र संघ सम्म पुग्न हामी बाध्य हुने छौं ।
हामी धार्मिक सहिसुणुता कायम गर्न चाहन्छौं । बुद्ध जन्मेको देशमा बुद्धका स्मारकहरुको संरक्षण गर्ने अभियानमा हातेमालो गर्दै सबैले आआफ्नो स्थानबाट कृयाशील भई साथ र सहयोग गर्न हुन देश विदेशका सचेत ब्यक्ति तथा संघ संस्थाहरु लगायत शान्ति प्रेमी दाजुभाई दिदीबहिनीहरुमा शेर्पा किदुग अमेरिका हार्दिक अपील गर्दछ ।