दार्चुलामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

  नेपालन्युजसाइट

काठमाडौ : दार्चुलामा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख पदम बहादुर बिष्टका अनुसार गोकुलेश्वरबाट सदरमुकाम तर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक मालिकार्जुन गाउपालिका १ भर्तोला भन्ने स्थानमा दुर्घटना भएको हो ।                                                                            दुर्घटनामा परि ट्रकका चालक बैतडीको दोगडाकेदार गाउँपालिका ५ का २४ वर्षीय शेर सिंहको मृत्यु भएको छ । अन्य २ जनाको परिचय खुल्न सकेको छैन । गयराती १० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार