काँगेलडाँडामा उडानका लागि थुलुङदुधकोशी र निगमबीच सम्झौता

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : काँगेलडाँडा विमानस्थलमा मंसिर २५ गते देखि हरेक हप्ताको मंगलबार नियमीत उडान हुने भएको छ । प्रत्यक हप्ताको मंगलबार नियमीत उडान गर्ने गरि आज  थुलृुङदुधकोशी गाउँपालिका र नेपाल वायु सेवा निगम बीच सम्झौता भएको छ ।
गाउँपालिका अध्यक्ष असिम राई र नेपा वायु सेवा निगमको तर्फबाट अख्तियार प्राप्त बाणिज्य विभागका निर्देशक टंकनिधि दाहाल बीच १४ बुदे सर्तमा रहि दुई पक्षबीच उडान सेवा सञ्चालन बारे हस्ताक्षर भएको गाउँपालिका प्रबक्ता भुपाल सिं राईंले जानकारी दिनुभयो ।
सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई (शुरवीर) को उपस्थितिमा भएको सम्झौतामा काठमान्डौ–काँगेलडाँडा–काठमान्डौको लागि १६ सिटको ग्यारेण्टि गाउँपालिले गर्नुपर्ने छ । जसको लागि गाउँपालिकाले सम्झौता अनुसार दश लाख रुपैया धरौटी रकम जम्मा गर्नेछ ।
यात्रुको चापलाई हेरेर हप्ताको ६ दिन उडान गर्न सकिने गरि सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । विगत लामो समयदेखि गौचरणमा परिणत भएको उक्त विमानस्थल सञ्चालनको लागि गाउँपालिका अध्यक्ष असिम राई, संघीय सांसद हेमकुमार राई (शुरवीर) सहितका जनप्रतिनिधले बारम्बार मन्त्रालय र विभागको ध्यानकर्षण गराएका थिए ।
  
विमान स्थल बन्द हुँदा सोलुखुम्बुको तल्लो तथा खोटाङको माथिल्लो क्षेत्रका वृद्धबृद्धा र बिरामीहरुलाई समस्या हुने गरेको स्थानीयले गुनासो गरेका छन् । नागरिकले भोगिरहेका समस्यालाई मध्यनजर गर्दै गत कार्तिक २१ संस्कृति पर्यटन मन्त्री योेगेश भट्टराई सहितको टोलिले निरिक्षण गरि सञ्चालनको तयारी अगाडी बढाईएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार