सोलुखुम्बु : एक सञ्चारकर्मी सहित सोलुखुम्बुका चार जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । जिल्ला अस्पताल फाप्लुकी निमित्त प्रमुख सानी शेर्पाका अनुसार सोलुदुधकुण्ड नगरपालिका १ जना र तीन जना थुलुङ दुधकोशी गाउँपालिकाका रहेका छन् ।
उनीहरुको मंगलबार स्वाब संकलन गरि कोशी अस्पताल विराटनगर परीक्षणका लागि पठाईएको थियो । सञ्चारकर्मीमा कोरोना पोजेटिभ आएसंगै जिल्लामा सञ्चालित सोलु एफ.एम. अर्को निर्णय नभएसम्मका लागि सिल गर्ने निर्णय गरेको गरिएको छ । एफ.एम सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठका अनुसार कन्ट्रयाक ट्रेसिङमा परेका सञ्चारकर्मीको स्वाब संकलन गछि रिपोर्ट नआएसम्मको लागि सिल गर्ने निर्णय गरिएको हो ।
रेडियोमा कार्यरत कर्मचारी विगत देखिनै कर्मचारी आवास गृहमा बस्दै आएको हुँदा आईसोलेशनमै रहेर नियमीत सेवा प्रवाह गर्ने एफ.एम.का स्टेशन म्यानेजर भोजराज कार्कीले जानकारी दिनुभयो ।