नेपालमा थप १६ जनाको मृत्यु

  नेपालन्यूजसाईट समाचारदाता

काठमान्डौ : नेपालमा पछिल्लो २४ घण्टा भित्र थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या  १५ सय ६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार आज थप  १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म  नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ । कोरोनामुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार