काठमाडौं : प्रतिपक्षी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार रोकिएको तनहुँको बुल्दीखोला पुल आज उद्घाटन गर्नु भएको छ । तनहुँ व्यास नगरपालिका १,१० र ११ जोड्ने बुल्दी खोलामा निर्मित पुल बुधबार उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो ।
बुधबार नेकपाका कार्यकर्ताले अवरोध गरेसँगै रोकिएको पुल उद्घाटनको कार्यक्रम आज पौडेलले नै रिबन काटेर पुल उद्घाटन गर्नुभएको हो । काँग्रेसले पौडेलसहित केन्द्रीय तहका नेताहरु उतारेर बिहीबार उद्घाटन गरेको हो ।
काँग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेललगायत पनि पुल उद्घाटनमा पुगेका थिए । काँग्रेसले आज जिल्लाभरका नेता कार्यकर्तालाई पुल उद्घाटन क्षेत्रमा उतारेको थियो । निषेधाज्ञा उल्लंघन गरेको भन्दै हिजो दिउँसो पक्राउ गरिएका नेता पौडेललाई साझ रिहा गरिएको थियो ।