भारतीय सेनामा कार्यरत एक नेपालीको गोली लागी मृत्यु

काठमाडौं: भारतीय सेनामा कार्यरत दाङ तुलसीपुरका प्रेमबहादुर खत्रीको शुक्रबार दोहोरो गोली हानाहानमा मृत्यु भएको छ । जम्मु–कश्मीरमा भएको गोली हानाहानमा प्रेमबहादुर खत्रीको मृत्यु भएको हो ।

रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा गोली लागेर भारतीय सेनाका नायक प्रेमबहादुर खत्री र राइफलम्यान सुखवीर सिंहको मृत्यु भएको छ । पाकिस्तानी क्षेत्रबाट चलेको गोली लागेर गम्भीर घाइते दुवैको मृत्यु भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

भारतको सीमा सुरक्षामा खटिंदा मारिएका ३० वर्षीय खत्री तुलसीपुर–९ बेलुवाका हुन् । कश्मीरबाट आज बिहान लखनउ आइपुग्ने छोराको शव लिन पिता लालबहादुर शुक्रबारै त्यसर्फ गएको बेलुवा प्रहरी चौकीले बताएको छ ।

खत्रीका आमाबुबा, श्रीमती, ७ वर्षीय छोरी र ५ वर्षीय छोरा छन् ।गत चैतअघि दुई महिने बिदामा आएर घर बसेर गएका उनी नियमित फोन सम्पर्कमा रहेको र बिहीबार राति मात्रै भिडियो कलमा कुराकानी भएको उनका परीवारले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार