थप १६१४ जना कोरोना संक्रमित, १४३७ जना निको

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय १४ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ४ सय ३७ जना संक्रमणमुक्त भएका छन्।

योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ । आज देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ४ सय १२ जना संक्रमितको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार