रुसद्वारा जापान सागरमा अमेरिकी जलसेनाको ‘जहाज ध्वस्त पारिदिने चेतावनी’

एजेन्सी : रुसले जापान सागरस्थित आफ्नो जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी जलसेनाको जहाज ध्वस्त पारिदिने चेतावनी दिएको छ । रुसले आफ्नो जलक्षेत्रमा प्रवेश गरेको यूसएसएस जोन एस मक्केन जहाजलाई ध्वस्त पारिदिने चेतावनी दिएको हो । रुसका अनुसार युद्धपोतले अमेरिकाको एक विध्वंसक जहाजलाई लखेटेका छन् ।

तर अमेरिकी जलसेनाले रुसी आरोपको खण्डन गर्दै आफ्नो पक्षबाट कुनै गल्ती नभएको बताएको छ । आफ्नो जहाज कहींबाट पनि निष्काशित नभएको अमेरिकाको दाबी छ । जापान सागरको सीमामा जापान, रुस र दुई कोरिया छन् ।

रुसी रक्षा मन्त्रालयका अनुसार उसको प्रशान्त क्षेत्रमा खटिएको विध्वंसक जहाज एड्मिरल भिनोग्रादोभले अमेरिकी जहाजलाई चेतावनी दिएको हो । दुवै पक्षले सामुद्रिक तथा हवाई क्षेत्रमा हुने एकअर्काका सैन्य गतिविधिप्रति आपत्ति प्रकट गर्दै आएका छन् । शीतयुद्धकालमा बिग्रेको दुई देशबीचको सम्बन्ध पछिल्लो समय झन् तनावग्रस्त रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार