सोलुखुम्बुका कार्की कृषि पर्यटन र सचिवमा आचार्य नियुक्त

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका २ काँगेलमा जन्मनुभएका डा. योगेन्द्र कार्की कृषि सचिवमा नियुक्त हुनुभएको छ । बुधबार सम्पन्न बैठकले कार्कीलाई मन्त्रालयको सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल कृषि अर्थशास्त्र समाजका अध्यक्ष समेत रहनुभएका डा. कार्की यस अघि सोही मन्त्रालयमा बरिष्ठ सहसचिव पदमा कार्यरत हुनुहुन्थ्यो । यस अघि बागमती प्रदेश सरकारको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवको समेत जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्नुभएका डा. कार्कीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको वैदेशिक समन्वय, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाको समेत नेतृत्व गर्नुभएको थियो ।

एसियाली विकास बैंक, विश्व बैंक तथा संयुक्त राष्ट्रसंघको आर्थिक सहयोगमा सञ्चालित विभिन्न आयोजनाहरुमा निर्देशकका रुपमा काम गर्नुभएका डा. कार्कीले सुप्रवल जनसेवा श्री मानवपदवी, सुप्रवल गोर्खा दक्षिणवाहु लगायत सम्मान समेत प्राप्त गनुृभएको छ । उहाँको श्रीमति एक छोरी र दुई छोरा छन् । त्यसैगरी सरकारले सुरेश आचार्यलाई संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सचिवमा नियुक्त गरेको छ । अर्का सचिव गोकर्ण दवाडीको पनि पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको निकट श्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार